मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

दुग्ध विकास बोर्डले गरेको कामप्रति सन्तुष्ट नभएर खारेज गरेका हौँ : मन्त्री भुसाल

आइतबार, १० असार २०८०, १६ : ५६
आइतबार, १० असार २०८०

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको बताएका छन् ।  

आइतबार ललितपुरमा भएको डेरी दर्पण विमोचन कार्यक्रममा बोल्दै कृषिमन्त्री डा. भुसालले बोर्डले सरकारको उद्देश्य अनुसार काम गर्न नसकेको बताए । 

मन्त्री भुसालले दुग्ध विकास बोर्ड दूधको विकास र अनुसन्धान तथा समन्वय गर्ने भनेर स्थापना भए पनि त्यस्तो काम गर्न नसकेको बताए । उनले बोर्डको काममा सरकार सन्तुष्ट नभएर र खर्च कटौती पुनरावलोकन आयोगको सिफारिसको आधारमा खारेजको सूचीका परेको बताए ।  

मन्त्री भुसालले सरकार दूध विकासको पक्षमा रहेको भन्दै  दुग्ध विकास बोर्ड खारेज भए पनि अन्य संरचनाबाट काम गर्ने बताए । उनले दुग्ध विकास बोर्ड खारेज गरेर सरकार दूध विकासबाट हात झिक्न नखोजेको बताए । उनले सरकारले दूध विकास गर्नको लागि भारतबाट मुर्रा राँगा ल्याउन लागेको बताए । उनले सरकारले नसल सुधार गरी दूधको विकास गर्ने तर्फ प्रतिबद्ध रहेको बताए ।  

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले सरकारले दुग्ध विकास बोर्ड खारेज गर्ने प्रस्ताव फिर्ता लिनुपर्ने बताए । उनले जिडिपीमा ८ प्रतिशत योगदान दिने क्षेत्रको बोर्डलाई खारेज गर्न नहुने बताए । उनले दुग्ध विकास बोर्डलाई सुधार गरेर शसस्त बनाउनु पर्नेमा खारेज गर्ने सूचिमा राख्नु उचित नभएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप