दुग्ध विकास बोर्डले गरेको कामप्रति सन्तुष्ट नभएर खारेज गरेका हौँ : मन्त्री भुसाल
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको बताएका छन् ।
आइतबार ललितपुरमा भएको डेरी दर्पण विमोचन कार्यक्रममा बोल्दै कृषिमन्त्री डा. भुसालले बोर्डले सरकारको उद्देश्य अनुसार काम गर्न नसकेको बताए ।
मन्त्री भुसालले दुग्ध विकास बोर्ड दूधको विकास र अनुसन्धान तथा समन्वय गर्ने भनेर स्थापना भए पनि त्यस्तो काम गर्न नसकेको बताए । उनले बोर्डको काममा सरकार सन्तुष्ट नभएर र खर्च कटौती पुनरावलोकन आयोगको सिफारिसको आधारमा खारेजको सूचीका परेको बताए ।
मन्त्री भुसालले सरकार दूध विकासको पक्षमा रहेको भन्दै दुग्ध विकास बोर्ड खारेज भए पनि अन्य संरचनाबाट काम गर्ने बताए । उनले दुग्ध विकास बोर्ड खारेज गरेर सरकार दूध विकासबाट हात झिक्न नखोजेको बताए । उनले सरकारले दूध विकास गर्नको लागि भारतबाट मुर्रा राँगा ल्याउन लागेको बताए । उनले सरकारले नसल सुधार गरी दूधको विकास गर्ने तर्फ प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले सरकारले दुग्ध विकास बोर्ड खारेज गर्ने प्रस्ताव फिर्ता लिनुपर्ने बताए । उनले जिडिपीमा ८ प्रतिशत योगदान दिने क्षेत्रको बोर्डलाई खारेज गर्न नहुने बताए । उनले दुग्ध विकास बोर्डलाई सुधार गरेर शसस्त बनाउनु पर्नेमा खारेज गर्ने सूचिमा राख्नु उचित नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण