हामीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्दैनौँ : सन्तोष परियार
आइतबार, १० असार २०८०, १९ : १०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले संसदमा आफ्नो पार्टीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् ।
आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतकसमेत रहेका परियारले बजेट कर्मकाण्डी आएको बताए । उनले बजेटका सैद्धान्तिक छलफलदेखि नीति तथा कार्यक्रम र बजेट नै नयाँ निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।
परियारले बजेटकै कारण अहिलेको सरकार ढल्छ भन्न नसकिने बताए । उनले संसदमा पहिलो र दोस्रो ठूलो दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरामा आफूलाई विश्वास नलागेको बताए ।
परियारले रास्वपा स्थायी सरकारको पक्षमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण