आबुधाबीमा हरिले जिते रजत पदक
आइतबार, १० असार २०८०, १९ : ३७
काठमाडौँ । आबुधाबी स्पोटर्स काउन्सिलको सहकार्य रं गल्फ मल्टी स्पोटर्सको आयोजनामा भएको रीम मल इन्डोर रनमा नेपालका हरिकृष्ण बिष्टले रजत पदक जितेका छन् । हरिले निर्धारित १० किलोमिटर दौड ३६ मिनट ५९ सेकेन्डमा पूरा गर्दै रजत पदक प्राप्त गरेका हुन् ।
उक्त स्पर्धामा श्रीलंकका हनिफा मुवारकले स्वर्ण पदक जिते । उनले निर्धारित दूरी ३३ मिनट ५४ सेकेन्डमा पार गरेका थिए । बेलायतका हडसल स्टुवार्टले कांस्य पदक हात पारे । उनले निर्धारित दूरी ४० मिनट ४५ सेकेन्डमा पूरा गरेका थिए ।
दौडमा ४८ देशका एक सय नौजना खेलाडीहरुको सहभागिता रहेको जानकारी दुबईबाट तेक्वान्दोका राष्ट्रिय रेफ्रिसमेत रहेका जगन अधिकारीले दिए । हरि आफै पनि तेक्वान्दोका प्रशिक्षकसमेत हुन् । हरिले यसअघि वेलम्यान समर रन २०२३ को उपाधि पनि जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण