शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आबुधाबीमा हरिले जिते रजत पदक

आइतबार, १० असार २०८०, १९ : ३७
आइतबार, १० असार २०८०

काठमाडौँ । आबुधाबी स्पोटर्स काउन्सिलको सहकार्य रं गल्फ मल्टी स्पोटर्सको आयोजनामा भएको रीम मल इन्डोर रनमा नेपालका हरिकृष्ण बिष्टले रजत पदक जितेका छन् । हरिले निर्धारित १० किलोमिटर दौड ३६ मिनट ५९ सेकेन्डमा पूरा गर्दै रजत पदक प्राप्त गरेका हुन् ।

उक्त स्पर्धामा श्रीलंकका हनिफा मुवारकले स्वर्ण पदक जिते । उनले निर्धारित दूरी ३३ मिनट ५४ सेकेन्डमा पार गरेका थिए । बेलायतका हडसल स्टुवार्टले कांस्य पदक हात पारे । उनले निर्धारित दूरी ४० मिनट ४५ सेकेन्डमा पूरा गरेका थिए ।

दौडमा ४८ देशका एक सय नौजना खेलाडीहरुको सहभागिता रहेको जानकारी दुबईबाट तेक्वान्दोका राष्ट्रिय रेफ्रिसमेत रहेका जगन अधिकारीले दिए । हरि आफै पनि तेक्वान्दोका प्रशिक्षकसमेत हुन् । हरिले यसअघि वेलम्यान समर रन २०२३ को उपाधि पनि जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप