आजको मौसम : कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?
सोमबार, ११ असार २०८०, ०५ : ३१
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्य बदली रहनेछ।
कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावाहुरीकोसमेत सम्भावना रहेको छ।
भारी वर्षा र मेघ-गर्जन र चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावको जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण