मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि रमेश प्रसाईं अमेरिका आउँदै
न्युयोर्क । अमेरिकाको न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०२३ का लागि अतिथिको रूपमा रमेश प्रसाईं अमेरिका आउने भएका छन् । आयोजक सैलेश श्रेष्ठका अनुसार प्रशिक्षार्थीहरूलाई उत्प्रेरणादायी सार्वजनिक भाषण र वक्तृत्व कलामा उनले सहयोग पुर्याउने छन् ।
मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि उत्तर अमेरिकाबाट १८ जना प्रतिस्पर्धीहरू छनौट भइसकेका छन् । अन्तिम प्रतिस्पर्धाको लागि अमेरिका र क्यानडा गरी कूल १८ जना प्रतिस्पर्धीहरूले भाग लिनेछन् ।
मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक वर्ष अगस्त महिनामा हुँदै आएता पनि यस वर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन ग्रान्ड फिनाले हुनेछ । ‘अर्को पुस्तालाई सशक्तीकरण गर्न नेपाली महिलाहरूलाई सशक्तीकरण‘ भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गर्नेछ ।

यस पटक कार्यक्रमको लागि अतिथिहरूमा प्रियंका कार्की, मिरुना मगर, आयुष्मान् देशराज जोशी, सुप्रिया श्रेष्ठ, रेश्मा घिमिरे लगायतको उपस्थिति रहने छ।
यस पटकको विजेता सिधै २०२४ मा नेपालमा आयोजना हुने नेपाल सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण