शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि रमेश प्रसाईं अमेरिका आउँदै

सोमबार, ११ असार २०८०, १० : ०४
सोमबार, ११ असार २०८०

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०२३ का लागि अतिथिको रूपमा रमेश प्रसाईं अमेरिका आउने भएका छन् । आयोजक सैलेश श्रेष्ठका अनुसार प्रशिक्षार्थीहरूलाई उत्प्रेरणादायी सार्वजनिक भाषण र वक्तृत्व कलामा उनले सहयोग पुर्‍याउने छन् ।

मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि उत्तर अमेरिकाबाट १८ जना प्रतिस्पर्धीहरू छनौट भइसकेका छन् । अन्तिम प्रतिस्पर्धाको लागि अमेरिका र क्यानडा गरी कूल १८ जना प्रतिस्पर्धीहरूले भाग लिनेछन् ।

मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक वर्ष अगस्त महिनामा हुँदै आएता पनि यस वर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन ग्रान्ड फिनाले हुनेछ । ‘अर्को पुस्तालाई सशक्तीकरण गर्न नेपाली महिलाहरूलाई सशक्तीकरण‘ भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गर्नेछ ।

IMG_4232-900x506

यस पटक कार्यक्रमको लागि अतिथिहरूमा प्रियंका कार्की, मिरुना मगर, आयुष्मान् देशराज जोशी, सुप्रिया श्रेष्ठ, रेश्मा घिमिरे लगायतको उपस्थिति रहने छ।

यस पटकको विजेता सिधै २०२४ मा नेपालमा आयोजना हुने नेपाल सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप