रुपन्देहीबाट सशस्त्रले बरामद गरेको पहेँलो धातु ‘सुन’ पुष्टि
काठमाडौँ । रुपन्देहीबाट सशस्त्र प्रहरीले बरामद गरेको पहेँलो धातु सुन नै प्रमाणित भएको छ । शनिवार राति रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालिदहबाट सशस्त्र प्रहरीले सुन जस्तो देखिने २ किलो धातु बरामद गरेको थियो ।
परीक्षण गर्दा सो धातु सुन पुष्टि भएको नम्बर–५ बिन्ध्यवासिनि बाहिनीका डिआईजी बिदुर खड्काले रातोपाटीलाई बताए । परीक्षण गरेर तौल गर्दा सो सुनको तौल १ किलो ९६५ ग्राम भएको छ । सो सुनको बजार मूल्य १ करोड ८५ लाख ६५ हजार पर्छ ।
सशस्त्र प्रहरीले सो सुन भन्सार कार्यालय सुनौलीमा बुझाएको छ । भारततर्फ जाँदै गरेको बा.१२ च ३८२० नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्दा गियर बक्समा फल्स बटन बनाएर लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा इँटा आकारको सुन भेटिएको हो । कार चालक दाङको घोराही नगरपालिका १० घर भएका हुमानन्द गिरीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण