जिल्ला निर्वाचन कार्यालय नराखे सडक र सदनबाट आन्दोलन गर्ने रास्वपाको चेतावनी
काठमाडौँ। रास्वपाका सांसद सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय तत्काल सच्याउन चेतावनी दिएका छन् । सरकारले उक्त निर्णय नसच्याए सडक र सदनबाट आन्दोलन गर्न बाध्य हुने सांसद परियारको भनाइ छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद परियारले जिल्ला निर्वाचन खारेज गर्ने सरकारको निर्णय लोकतन्त्रमाथिको षडयन्त्र भएकाले रास्वपा घोर भर्त्सना गर्ने बताए । ‘राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्था हो यो । यो व्यवस्थामाथि षड्यन्त्र गर्न पाइँदैन । स्वतन्त्र र संवैधानिक व्यवस्था भएको निर्वाचन आयोगलाई सरकारको सिडिओ कार्यालयमार्फत राख्नु राजनीतिक कुचेष्टा हो’, परियारले भने, ‘यसले लोकतन्त्रलाई बलियो बनाउँदैन ।’
उनले बजेटमार्फत सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने भनेर प्रस्ताव गरिएको भन्दै यसले जनताको मताधिकारमा असर गर्नेमात्र नभई स्वतन्त्र रुपमा जन्मिएका नयाँ पार्टीहरुलाई राष्ट्रिय राजनीतिमा बन्देज लगाउने षड्यन्त्रपूर्वक खेल भएको बताए । उनले संवैधानिक निकायमाथिको हस्तक्षेप स्वीकार्य नहुने भन्दै उनले भने, ‘अर्थमन्त्रीज्यु यो निर्णय खारेज गर्नुस् । अन्यथा सम्पुर्ण विरोध र प्रतिवाद गर्छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण