चिनियाँ राजदूतद्वारा पोखरामा सीजी मोटर्सको शोरुम उद्घाटन
पोखरा । पोखराको आर्चलबोट चोकमा सीजी मोटर्सको (नेटा ) शोरुम शुभारम्भ भएको छ । नेपालका लागि चीनका राजदूत चेन सङले एक समारोहका बीच उक्त शोरुमको उद्घाटन गरेका हुन् ।
उद्घाटनको अवसरमा राजदूत सङले नेपाल तथा चीनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना व्यक्त गरे । उनले नेपालमा डिजल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा ईभी गाडीको फाइदा धेरै नै रहेको जिकिर गरे ।
त्यस्तै सीजी मोटर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले अब पोखरावासीले समेत सहज रूपमा नेटा भीको अनुभव गरी खरिद गर्न सक्ने बताए । उनले भने, ‘नेपालमा बजारको माग अनुसार राम्रो र गुणस्तरीय गाडीहरू बिक्री वितरण गर्ने हाम्रो योजना छ। ईभीले ट्याक्सी र माइक्रोबसको सफल तरिकाले शुभारम्भका साथै काठमाडौँ पोखरा रुटको लागि ११ देखि १९ सिटर सम्मका माइक्रो बसहरू उपलब्ध हुनेछन् ।’
उद्घाटन कार्यक्रममा राजदूत सङले पोखराका लागि पहिलो ईभी ट्याक्सीका साथै पहिलो विद्युतीय माइक्रो बस हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण