दुईपटक टिकटको मूल्य घटाउँदा पनि बढेन आदिपुरुषको कमाई
मुम्बई । टिकटको मूल्य लगातार दुईपटक घटाउँदा पनि चलचित्र आदिपुरुषको बक्स अफिस कलेक्सनमा खासै वृद्धि देखिएको छैन । रिलिजको दोस्रो हप्ता चलचित्रले भारतमा मात्र १४ करोड रुपैयाँ कमाई गरेको छ । फिल्मको कमाइको तथ्याङ्क जुटाउने वेबसाइट सैकनिल्कका अनुसार दोस्रो आइतबार चलचित्रले मात्र ६ करोड भारु कमाई गरेको छ ।
ओम राउतको निर्देशनमा बनेको चलचित्रले पहिलो दिन नै हिन्दी सिनेमामा सबैभन्दा ठुलो ओपनिङ गर्ने रेकर्ड बनाएको थियो । रिलिजको पहिलो हप्ता चलचित्रलाई ठुलो सफलता मिलेको थियो । चलचित्रको हिन्दी संस्करणले नै ११३ करोड भारु कमाएको थियो ।
धमाकेदार सुरुवातपछि आदिपुरुषको कमाइमा लगातार गिरावट देखिएको छ । विवादित संवादका कारण चलचित्रको आलोचना भइरहेको छ । चलचित्र हेरेर फर्किएका दर्शकले चलचित्रको संवादप्रति निराशा व्यक्त गरेका छन् । दर्शकको भावनालाई कदर गर्दै चलचित्रका केही संवाद परिवर्तन गरिएको थियो । चलचित्रको संवाद लेखक मनोज मुन्तशिर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण