मोड्रिच २०२४ सम्म रियलमै रहने
सोमबार, ११ असार २०८०, १६ : ४७
मड्रिड । ‘मिडफिल्ड मायेस्ट्रो’ लुका मोड्रिच थप एक वर्ष रियल मड्रिडमा नै रहने भएका छन् । क्रोएसियन मिडफिल्डरले सन् २०२४ सम्म क्लबसँग करार सम्झौता नवीकरण गरेका हुन् ।
आगामी सेप्टेम्बर महिनामा मोड्रिच ३८ वर्ष पुग्दैछन् । यति उमेर पुगिसक्दा पनि रियलको टोलीका उनी महत्त्वपूर्ण सदस्य रहँदै आएका छन् । जुन २०२४ सम्म करार नवीकरण गरेसँगै उनी क्लबमा १२ वर्ष बिताउने भएका छन् ।
हालसम्म उनले क्लबका लागि ४८८ खेल खेल्दै २३ उपाधि जितेका छन् । जसमा ५ वटा च्याम्पियन्स लिग, ५ वटा क्लब विश्वकप, ४ युरोपियन सुपर कप, ३ ला लिगा, २ कोपा डेल रे र ४ स्पेनि सुपर कप छन् । उनले सन् २०१८ को बलोन डि’ओर उपाधि जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण