नेता आचार्यद्वारा केन्द्रीय समिति बैठक बोलाउन माग
सोमबार, ११ असार २०८०, १७ : ५४
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले यथाशीघ्र केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेका छन् । आचार्यले सोमबार सभापति शेरबहादुर देउवालाई पत्र लेखेर केन्द्रीय कार्यसमिति बैठकको माग गरेका हुन् ।
११ महिनादेखि केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेको भन्दै पार्टीभित्रका विभिन्न विषयमा छलफल गर्न बैठक बोलाउनुपर्ने बताए । निर्वाचनबाट पार्टी ठूलो भएपनि सांगठनिक र मनोवैज्ञानिक क्षति पुगेको उनको भनाई छ । उपनिर्वाचनको परिणामले पार्टीका कार्यकर्ता निराश हुँदा पनि केन्द्रीय समिति बैठक बस्नु दुःखद भएको आचार्यले बताए ।
प्रदेश र जिल्लामा पार्टीका नेता कार्यकर्तासँग भेट्दा थुप्रै प्रश्नले केन्द्रीय पदाधिकारी घेरिने परिस्थिति बनेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण