पाकिस्तानी सेनाभित्र ठूलो कारबाही : लेफ्टिनेन्ट जनरल सहितका अधिकारी बर्खास्त
इस्लामावाद । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल अहमद शरीफ चौधरीले सेनाले गत ९ मेमा भएको हिंसात्मक घटनाहरूको अनुसन्धान पूरा गरेको जानकारी दिएका छन् । सेनाका प्रवक्ता चौधरीले सोमबार पत्रकार सम्मेलनमा अनुसन्धानपछि लेफ्टिनेन्ट जनरलसहित तीन अधिकारीलाई सेवाबाट बर्खास्त गरिएको जानकारी दिएका हुन् ।
बर्खास्त गरिएका अधिकारीहरूले मे ९ मा सैन्य प्रतिष्ठानहरूको सुरक्षाको जिम्मेवारी पाएका थिए। तीन मेजर जनरल र सात ब्रिगेडियरसहित १८ अधिकारीलाई अनुशासनात्मक कारबाही गरिएको उनले बताए । अहमद शरीफले १०२ जनामाथि सैन्य अदालतमा मुद्दा चलिरहेको पनि बताए ।
मे ९ मा, पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाकिस्तानको नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी)ले मंगलबार इस्लामावाद उच्च अदालतबाट पक्राउ गरेको थियो। इमरान खानको पार्टीले उनको गिरफ्तारीलाई ‘अपहरण’ भनेको छ ।
उनको गिरफ्तारीपछि पाकिस्तानका धेरै सहरमा हजारौं समर्थक सडकमा उत्रिएका थिए । पीटीआई कार्यकर्ताहरू रावलपिंडीमा रहेको पाकिस्तानी सेनाको मुख्यालयको गेट नम्बर एकमा पुगेका थिए र गेट तोडेर भित्र पसेका थिए। लाहोरमा इमरान खानका समर्थकहरू क्यान्टस्थित कोर्प्स कमाण्डरको घर नजिक पुगेर त्यहाँ पार्क गरिएका धेरै गाडीमा आगजनी गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण