सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटको पक्षमा मतदान गर्न एकीकृत समाजवादीका सांसदलाई ह्विप लगाउने तयारी

मङ्गलबार, १२ असार २०८०, ११ : १६
मङ्गलबार, १२ असार २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाउने तयारी गरेको छ । सो पार्टीले मंगलबार बिहान संसदीय दलको बैठक बोलाएर बजेटको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेको हो ।

सांसद मेटमणि चौधरीले मंगलबार बिहान दलको बैठक बोलाएको बताए । उनले सोही बैठकले सांसदहरूलाई बजेटको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेको बताए । एकीकृत समाजवादीका अधिकांश सांसदहरू आर्थिक वर्ष ८० को बजेटप्रति असन्तुष्ट हुँदै विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि पार्टीले उनीहरूलाई ह्विप लगाउन लागेको हो । प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० सांसद रहेका छन् । बजेटमाथिको मन्त्रालयगत छलफल सकेर मंगलबार बजेट पारित गर्ने सरकारको तयारी छ ।

राजनीतिक दलसम्बन्धी २०७३ अनुसार जुनसुकै पार्टीले आफ्ना सांसदलाई ह्विप लगाउन सक्ने व्यवस्था रहेको संघीय संसद् सचिवलायका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप