बजेटको पक्षमा मतदान गर्न एकीकृत समाजवादीका सांसदलाई ह्विप लगाउने तयारी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाउने तयारी गरेको छ । सो पार्टीले मंगलबार बिहान संसदीय दलको बैठक बोलाएर बजेटको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेको हो ।
सांसद मेटमणि चौधरीले मंगलबार बिहान दलको बैठक बोलाएको बताए । उनले सोही बैठकले सांसदहरूलाई बजेटको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेको बताए । एकीकृत समाजवादीका अधिकांश सांसदहरू आर्थिक वर्ष ८० को बजेटप्रति असन्तुष्ट हुँदै विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि पार्टीले उनीहरूलाई ह्विप लगाउन लागेको हो । प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० सांसद रहेका छन् । बजेटमाथिको मन्त्रालयगत छलफल सकेर मंगलबार बजेट पारित गर्ने सरकारको तयारी छ ।
राजनीतिक दलसम्बन्धी २०७३ अनुसार जुनसुकै पार्टीले आफ्ना सांसदलाई ह्विप लगाउन सक्ने व्यवस्था रहेको संघीय संसद् सचिवलायका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण