रुपन्देहीमा सवारी दुर्घटना परी एक जनाको मृत्यु, ३ जना घाइते
बुटवल । रुपन्देहीमा आज भएका छुटाछुटै सवारी दुर्घटना परी एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–१३ बेलबासमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सुर्खेतबाट वीरगन्जका लागि छुटेको प्रदेश–३–००१ ख ०५७१ नम्बरको बसले लु २९ प ८६८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अन्दाजी २८ वर्षका युवाको मृत्यु भएको छ ।
मृतकको अहिलेसम्म परिचय खुलेको छैन शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रहरीले जनाएको छ ।
काठमाडौँदेखि गुल्मीका लागि छुटेको ना ६ ख १९८४ नम्बरको बस रुपन्देहीको देव दह चरङ्गेमा आज बिहान दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण