बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा सदस्यहरुलाई सरकारले उपेक्षा गर्‍यो  : उपाध्यक्ष अर्याल

मङ्गलबार, १२ असार २०८०, १६ : १७
मङ्गलबार, १२ असार २०८०

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई सरकारले उपेक्षा गरेको बताएकी छन् । 

मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रतिनिधि सभाका सांसदहरुलाई सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५ करोड दिने निर्णय बजेटबाट गरेको भएपनि राष्ट्रियसभा सदस्यहरुलाई भने कुनै कार्यक्रम नल्याएर विभेद गरेको बताइन् ।  

उपाध्यक्ष अर्यालले राष्ट्रियसभा सदस्यहरु प्रदेश र स्थानीय तहसम्मै जोडिने भएकाले राष्ट्रियसभा सदस्यलाई पनि कुनै कार्यक्रम ल्याएर संलग्न गराउनुपर्ने बताइन् । उनले विभेदपूर्ण कामलाई संसदीय समिति बसेर छलफल गरी निष्कर्षमा पु¥याउनुपर्ने बताइन् ।

उपाध्यक्ष अर्यालले राष्ट्रिय सभा सधैँ ओझेलमा पर्नुपर्ने वातावरणको अन्त्य हुन आवश्यक रहेको बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप