वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै चल्छ : सांसद कार्की
मङ्गलबार, १२ असार २०८०, १८ : २०

काठमाडौँ । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सत्ता गठबन्धनमा भ्रम छरेर मुलुकलाई दुविधामा राख्न नहुने बताएका छन् । मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै चल्ने र अहिले गठबन्धन लयमा रहेको बताएका हुन् ।
उनले भने, ‘अहिले हामीले जुन गठबन्धन बनाएका छौँ, यो गठबन्धनलाई ५ वर्ष, केवल सरकार चलाउन, यो गठबन्धन जुन उद्देश्यका साथ निर्माण भएको थियो, बीचमा अलिकति गडबड पनि भयो । अहिले ठिक ट्रयाकमा छ । यही गठबन्धनले ५ वर्षमा देशलाई राजनीतिक स्थिरता दिएर मुलुकलाई आर्थिक दिशामा अग्रसर गराउनुपर्छ । इतिहासले दिएको जिम्मेवारी पनि त्यही हो । जनताको चाहना पनि त्यही हो । गठबन्धनको सम्बन्धमा अहिले हामीले नयाँ किसिमको कन्फ्युजन क्रिएट गरेर मुलुकलाई दुविधामा राख्नु हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक निर्णायक उपलब्धि सावित हुने प्रचण्डको विश्वास
-
रियलले भित्र्यायो बोर्नमाउथका युवा डिफेन्डर
-
आईपीएल : आरसीबी फाइनल पुगेमा टोलीको हौसला बढाउन एबी डे भिलियर्स भारत आउने
-
बेलायतमा नेपाली डायस्पोराको विगत र वर्तमान
-
‘ब्रुकलिन ब्रिज’ मा जहाज ठोक्किँदा २ जनाको मृत्यु
-
पानी पर्ने बादल पूर्वतिर विकसित, सतर्क रहन विभागको आग्रह