वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै चल्छ : सांसद कार्की
मङ्गलबार, १२ असार २०८०, १८ : २०
काठमाडौँ । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सत्ता गठबन्धनमा भ्रम छरेर मुलुकलाई दुविधामा राख्न नहुने बताएका छन् । मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै चल्ने र अहिले गठबन्धन लयमा रहेको बताएका हुन् ।
उनले भने, ‘अहिले हामीले जुन गठबन्धन बनाएका छौँ, यो गठबन्धनलाई ५ वर्ष, केवल सरकार चलाउन, यो गठबन्धन जुन उद्देश्यका साथ निर्माण भएको थियो, बीचमा अलिकति गडबड पनि भयो । अहिले ठिक ट्रयाकमा छ । यही गठबन्धनले ५ वर्षमा देशलाई राजनीतिक स्थिरता दिएर मुलुकलाई आर्थिक दिशामा अग्रसर गराउनुपर्छ । इतिहासले दिएको जिम्मेवारी पनि त्यही हो । जनताको चाहना पनि त्यही हो । गठबन्धनको सम्बन्धमा अहिले हामीले नयाँ किसिमको कन्फ्युजन क्रिएट गरेर मुलुकलाई दुविधामा राख्नु हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण