अहिले सरकार ढल्छ भन्नु अफवाह मात्रै हो : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै भएको बताएकी छन् ।
मंगलबार मन्त्रीपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको बताइन् ।
मन्त्री शर्माले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्ने प्रतिबद्धता अनुसार अघि बढिरहेको बताइन् । उनले मुलुकलाई भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न दृढ भएर सरकार अघि बढेको अवस्थामा सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै भएको बताइन् ।
मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा पक्राउ गरिएको बताइन् । उनले सरकारले अनुसन्धान कुन तहसम्म पु¥याउने भन्दा पनि अनुसन्धानले जहाँ पु¥याउँछ त्यहाँसम्म पुग्ने बताइन् ।
मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरण लामो समयदेखि अनुसन्धानले प्रमाण पु¥याएको आधारमा अघि बढेको बताइन् । उनले अनुसन्धान गर्दा माथिल्लो तहका वा तल्लो तह जुनसुकै व्यक्ति दोषी देखिए कारबाहीको दायरामा सरकारले ल्याउने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण