फिल्म निर्माण गर्दै ‘बले’
काठमाडौंँ । ‘बले’ पात्रबाट चर्चित कलाकार सागर लम्सालले फिल्म निर्माण गर्ने भएका छन् । उनले आफ्नै होम प्रोडक्सन बेले इन्टरटेनमेन्टबाट फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मको स्क्रिप्ट लेखन उनी आफैंले गरिरहेका छन् । जसको काम अन्तिम चरणमा छ । आफुले निर्माण गर्ने फिल्म कमेडी र प्रेमकथामा हुने सागरले बताए । फिल्मको निर्देशक अहिले फाइनल भएको छैन । फिल्ममा सागर आफु भने मुख्य भूमिकामा देखिनेछन् ।
‘लोफर’ अभिनय यात्रा सुरु गरेका सागरले ‘बले’ उपनाम यहि फिल्मबाट पाएका थिए । त्यसपछि ‘भन्द्रगोल’ हुँदै हाल ‘सक्किगोनी’ सिरियलसम्म आउँदा उनले यो उपनाम छोडेका छैनन् । उनलाई धेरैले नामले भन्दा ‘बले’ उपनामले चिन्छन् । बाल्यकालदेखि फिल्मको हिरो बन्ने सपना पालेका सागर पछिल्लो समय म्युजिक भिडियोमा निकै ब्यस्त छन् । महिनामा १० देखि १२ म्युजिक भिडियो अभिनय गर्ने गरेको उनले सुनाए ।
सागरलाई अभिनयका लागि बाहिरको केही फिल्मबाट पनि अफर छ । पहिले होम प्रोडक्सनको फिल्म गरेपछि मात्र बाहिरका फिल्म अभिनय गर्ने उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण