इन्टर्नसीप विद्यार्थीको पारिश्रमिक बढाउने विषयमा अध्ययन गर्न समिति गठन
काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्टर्नसीप विद्यार्थीको पारिश्रमिक सम्बन्धन अध्ययन गर्न समिति गठन गरेको छ । निमित्त उपकुलपति तथा शिक्षाअध्यक्ष प्राडा सन्जिव कुमार शर्माले ९ सदस्यीय समिति गठन गरेका हुन् ।
परीक्षा डीन प्राडा कृष्ण पोखरेलको संयोजकत्वमा समिति गठन गरेर ५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । विद्यार्थीहरूले इन्टर्नसीपको भत्ता बढाउनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् ।
वीपीले हाल १८ हजार ३०० रूपैयाँ निर्वाह भत्ता दिँदै आएको छ । विद्यार्थीहरूले २५ हजार पुर्याउनुपर्ने माग राख्दै विद्यार्थीहरू आन्दोलन गर्दै आएका हुन् ।
सोही विषयमा शिक्षाध्यक्षले अन्य विश्वविद्यालय तथा प्रतिष्ठानमा भएको व्यवस्था समेतको अध्ययन विश्लेषण गरी उचित राय, सुझाव तथा सिफारिससहितको प्रतिवेदन पेश गर्ने कार्यादेशसहित समिति गठन गरेका हुन् ।
वीपीमा विद्यार्थी कल्याण समाज तथा प्रतिष्ठानसँगै धरान इन्टर्न संघर्ष समिति मार्फत आन्दोलन गर्दै आएका हुन् । उनीहरूले इन्टर्न गरिरहेका विद्यार्थीहरूको पारिश्रमिक भत्ता बढाउन र अधिकृत तहको ५० प्रतिशत रकम हुनुपर्ने माग अघि सारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण