बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षायाममा दही खानुहुन्छ ?

बुधबार, १३ असार २०८०, १६ : २१
बुधबार, १३ असार २०८०

नेपालमा मनसुन भित्रिसकेको छ र वर्षायाम सुरु भइसकेको छ । गर्मीले आत्तिएकाहरुका लागि वर्षाले राहत लिएर आएको छ तर यो मौसममा रोगको खतरा पनि बढ्ने गर्छ । वर्षायाममा स्वस्थ रहनका लागि खानपानको विशेष ध्यान दिनुपर्छ । गर्मी र वर्षायाममा मानिसहरू दही खान अत्यधिक रुचाउँछन् । खानामा दही नहुँदा स्वाद अधुरो भएको ठान्छन् । धेरैलाई दही चिसो हुन्छ र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने लाग्छ । यद्यपि, वर्षायाममा दहीको सेवन सावधानीपूर्वक गर्नुपर्छ । आयुर्वेदमा दहीको बारेमा धेरै चकित पार्ने कुराहरू बताइएका छन्, जसबारे सबैलाई थाहा हुनुपर्छ ।

भारतको अलिगढ आयुर्वेदिक मेडिकल कलेज, यूपीका एसोसिएट प्रोफेसर डा. नरेन्द्र कुमारका अनुसार दहीको प्रभाव तातो हुन्छ । गर्मी र वर्षातमा यसको सेवन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । आयुर्वेदमा दहीलाई ढिलो पचाउने खाना मानिन्छ । वर्षायाममा शरीरको मेटाबोलिज्म सुस्त हुन्छ र पाचन शक्ति कम हुन्छ । यस कारणले गर्दा दही ढिलो पच्ने र सेवन गर्दा अपचको समस्या निम्त्याउँछ । वर्षायाममा मानिसले सजिलै पच्ने खालको खानेकुरा खानुपर्छ । अपचको समस्याबाट ग्रसित भएकाहरूले दहीबाट टाढै रहनुपर्छ ।

दही खाने सही तरिका के हो ?

डा. नरेन्द्र कुमारका अनुसार वर्षाको मौसममा यदि तपाईं दही खान चाहनुहुन्छ भने कम मात्रामा सही तरिकाले सेवन गर्नुहोस् । आयुर्वेदका अनुसार गर्मी र वर्षाको मौसममा मिठाई मिसाएर मात्रै दही खानुपर्छ । यसो गर्नाले यसको प्रभाव धेरै तातो हुँदैन र शरीरलाई हानि हुँदैन । तर, जुनसुकै मौसममा राती दही खानु भने हानिकारक हुन्छ ।  दही दिउँसो वा बिहान मात्रै खानुपर्छ । राती दही खाँदा पेटका धेरै रोग लाग्न सक्छ । दहीको प्रकृति अम्लीय हुन्छ र सादा दहीले हाम्रो रगत दूषित गर्न सक्छ । यसले छालाको समस्या निम्त्याउन सक्छ । 

वर्षामा दही खानुका हानी

आयुर्वेदिक चिकित्सकका अनुसार वर्षायाममा धेरै दही खाँदा रुघाखोकी, जोर्नी दुख्ने र अपच हुने गर्छ । लामो समयसम्म दही खाँदा गम्भीर समस्या निम्त्याउन सक्छ । आयुर्वेदका अनुसार वर्षायाममा दही बाहेक कटहर, पिँडालु, भ्यान्टा, राजमा र सबै किसिमका मांसाहारी पदार्थबाट दूरी राख्नुपर्छ । वर्षायाममा धेरै मसलादार र जङ्क फुड खानु हुँदैन । जङ्क फुड हरेक मौसममा स्वास्थ्यका लागि हानिकारक हुन्छ तर वर्षायाममा यसले स्वास्थ्यलाई सबैभन्दा बढी असर गर्छ । यो मौसममा ताजा खानालाई उत्तम मानिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप