आरोप पुष्टि भए १ वर्ष जेल सजाय र १० हजार जरिवाना हुनसक्ने
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सिआईबीले सरकारी लिखत किर्ते मुद्दा अघि बढाएको छ । सिआईबीको नियन्त्रणमा रहेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह, पूर्व खरिदार गोपाल कार्की र पूर्वशाखा अधिकृत धर्मप्रसाद गौतमलाई अदालतले हिरासतमा राख्न म्याद दिएको छ । आरोपितहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न प्रहरीले ४ सय ६ जनालाई पक्राउ गर्न अदालतबाट अनुमति लिइसकेको छ । ब्यूरोले मुलुकी ऐन–२०२० को कीर्ते सम्बन्धी महलअनुसार ‘सरकारी लिखत किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ । सो ऐनअनुसार सरकारी कागजागत किर्ते गरेको कसुरमा अदालतमा मुद्दा लैजान हदम्याद लाग्दैन । तर, मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ अनुसार थाहा पाएको मितिले २ वर्षभित्र अदालतमा अभियोग पत्र दायर गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
कार्यविधि कार्यान्वयनको सवालमा मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ अनुसार नयाँ कानुनअनुसार हदम्याद लाग्ने र पुरानो कानुनअनुसार सजाय निर्धारण हुने व्यवस्था रहेको जानकारहरु बताउँछन् । आरोपीतहरुको कसुर पुष्टि भएमा मिनबहादुर गुरुङ सहितका आरोपीतहरुलाई १ वर्ष जेल सजाय र १० हजार जरिवाना हुनसक्ने ब्यवस्था छ । मुलुकी ऐन–२०२० को कीर्तेसम्बन्धी महल अनुसार ‘सरकारी लिखत किर्ते’ ठहर भएमा बिगो बराबरको रकम भराउने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण