सशक्तीकरणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुनेछ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको राजनीतिक आन्दोलनमा मुस्लिम समुदायले पुर्याएको योगदानको स्मरण गर्दै मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तीकरणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने विश्वास लिएका छन् ।
इद उल अजहा (बकर इद) को अवसरमा इस्लाम धर्मावलम्बीलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरे । उनले आन्दोलनको उपलब्धिस्वरूप मुस्लिम समुदायको हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तीकरणका लागि मुस्लिम आयोगलाई संवैधानिक आयोगलाई मान्यता दिएको स्मरण गर्दै आयोगका सकारात्मक प्रयासहरूको स्मरण गरे ।
त्याग, समर्पण र बलिदानको पर्यायका रूपमा मनाइने बकर इदले सेवाभावका कार्यहरू आत्मसात् गर्दै सहिष्णुता, आपसी सद्भाव, भावनात्मक एकता र भाइचारा सम्बन्ध विकास हुने उनको विश्वास छ । “मुस्लिम दर्शनअनुसार मुस्लिम समुदायले यस पर्वका अवसरमा असहाय, गरीब र विपन्न परिवारलाई अनिवार्यरूपमा सहयोग गर्नुपर्ने मान्यता उदाहरणीय रहेको छ, नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, हामीबीचको पारस्परिक एकता र सम्मान हाम्रो संस्कृति हो”, शुभकामना सन्देशमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण