बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मदन जयन्तीको अवसरमा एमाले कार्यालयमा  वृक्षारोपण

मदन भण्डारीले अगाडि सारेको मार्गमा एमाले अगाडि बढिरहेको ओलीको दाबी
बिहीबार, १४ असार २०८०, १० : ०७
बिहीबार, १४ असार २०८०

काठमाडौँ । नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीका अवसरमा नेकपा एमालेको केन्द्रीय कार्यालय परिसर र मनोहरा नदी किनारमा वृक्षारोपण गरिएको छ ।

नेपाल भूतपूर्व सैनिक-प्रहरी सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय परिसरमा वरको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मदनले अगाडि सारेको मार्गमा एमाले अगाडि बढिरहेको बताए । जलवायु परिवर्तनका कारण विश्वमा वातावरणमाथि सङ्कट देखिएको अवस्थामा वृक्षारोपण जस्तो महत्त्वपूर्ण कार्य गरेर त्यसका लागि सबैलाई उत्प्रेरित गरेकोमा ओलीले सैनिक-प्रहरी सङ्गठनलाई धन्यवाद दिए ।

सङ्गठनका अध्यक्ष पूर्व सहायक रथी विनोद पाण्डेले जन्म जयन्ती कार्यक्रममा मनोहरा नदी आसपासको सरसफाइका साथै १ सय ५० फलफूलजन्य, रुद्राक्ष र अन्य बिरुवाहरू रोपिने बताए । सैनिक(प्रहरी सङ्गठनले रक्तदान, बजार, सामुदायिक संस्था र राजमार्गहरूको सरसफाइ, वृक्षारोपण, फलफूल वितरणलगायत विविध रचनात्मक सप्ताहका रूपमा कार्यक्रम आयोजना गरी मदन जयन्ती मनाइरहेको पनि उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप