मदन जयन्तीको अवसरमा एमाले कार्यालयमा वृक्षारोपण
काठमाडौँ । नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीका अवसरमा नेकपा एमालेको केन्द्रीय कार्यालय परिसर र मनोहरा नदी किनारमा वृक्षारोपण गरिएको छ ।
नेपाल भूतपूर्व सैनिक-प्रहरी सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय परिसरमा वरको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मदनले अगाडि सारेको मार्गमा एमाले अगाडि बढिरहेको बताए । जलवायु परिवर्तनका कारण विश्वमा वातावरणमाथि सङ्कट देखिएको अवस्थामा वृक्षारोपण जस्तो महत्त्वपूर्ण कार्य गरेर त्यसका लागि सबैलाई उत्प्रेरित गरेकोमा ओलीले सैनिक-प्रहरी सङ्गठनलाई धन्यवाद दिए ।
सङ्गठनका अध्यक्ष पूर्व सहायक रथी विनोद पाण्डेले जन्म जयन्ती कार्यक्रममा मनोहरा नदी आसपासको सरसफाइका साथै १ सय ५० फलफूलजन्य, रुद्राक्ष र अन्य बिरुवाहरू रोपिने बताए । सैनिक(प्रहरी सङ्गठनले रक्तदान, बजार, सामुदायिक संस्था र राजमार्गहरूको सरसफाइ, वृक्षारोपण, फलफूल वितरणलगायत विविध रचनात्मक सप्ताहका रूपमा कार्यक्रम आयोजना गरी मदन जयन्ती मनाइरहेको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण