चार्टर्ड एकाउण्टेनमा भविष्य राम्रो छ : गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेशा चार्टर्ड एकाउण्टेन रहेको बताएका छन् । बिहीवार काठमाडौँमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘प्रविधिको विकाससँगै कार्यालयहरुमा चार्टर्ड एकाउण्टेनको काम महत्वपूर्ण हुँदै गइरहेको छ । विश्वव्यापीकरण परिवर्तनहरू चलिरहेको छ’ उनले भने, ‘हामीलाई आज थाहा भएको कुराले भोलि काम नगर्न सक्छ, त्यसैले हामीले आफ्नो पेशालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा पुनः परिभाषित गर्ने अवसरको रूपमा परिवर्तन गर्दै लैजानुपर्छ ।’
गभर्नर अधिकारीले विभिन्न संस्कृति र व्यवसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने ज्ञानलाई फराकिलो बनाउन मद्दत गर्ने बताए । उनले पछिल्लो समय प्रविधिको विकाससँगै चार्टर्ड एकाउण्टेनको काम महत्वपूर्ण हुँदै गएको बताए । उनले चार्टर्ड एकाउण्टेन पेशालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा परिभाषित गर्न आवश्यक रहेको बताए ।
‘व्यवसायको विश्वव्यापी प्रकृतिको अर्थ भनेको चार्टर्ड एकाउण्टेन्सी अन्तर्राष्ट्रिय सन्दर्भमा बढ्दो रूपमा अपग्रेड हुँदै गइरहेको छ । विभिन्न संस्कृति र व्यवसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने आफ्नो क्षितिज फराकिलो बनाउन यो अवसर हेर्नुपनि उत्तिकै महत्वपूर्ण छ’ गभर्नर अधिकारीले भने, नेपाल र विदेशका सबै सहभागी प्यानल र पेपर प्रश्तुतकर्ताहरूलाई म सन्देश दिन चाहन्छु कि भविष्यमा हाम्रो पेशाको लागि राम्रो र सम्भावना छ ।’
उनले विश्वमा पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा नै चार्टर्ड एकाउण्टेनको विकास र बिस्तार हुँदै गएको भन्दै भविष्यमा राम्रो सम्भावना रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण