अष्ट्रेलियामा १४ वर्षको उमेरमा 'इच्छा मृत्यु' रोज्न पाइने
क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरामा सरकारले 'ब्रेन डेड' भएका व्यक्तिको इच्छा मृत्युको न्यूनतम उमेर १४ वर्ष पुर्याउने भएको छ । यो कानून पास भएमा यो इच्छा मृत्यु सम्बन्धी सबैभन्दा उदार कानून हुनेछ, जसअन्तर्गत बालबालिकाले पनि त्यस्ता अधिकार प्राप्त गर्न सक्नेछन्।
यस कानूनका सम्बन्धमा राज्यका मानवअधिकार मन्त्री तारा शीनले हालै इच्छा मृत्युको निर्णय लिन परिपक्वताको उमेर १८ बाट १४ वर्षमा झार्ने विचार गरिरहेको बताएकी छिन् । उमेरको हद स्वविवेकको कुरा भएको जनाउँदै जन्मदिनलाई आधार मानेर मात्र नपुग्ने भन्दै उनले व्यक्तिको निर्णय क्षमता हेरेर स्वास्थ्य विज्ञले निर्णय गर्ने बताए ।
शैनका अनुसार उनको कानूनमा सार्वजनिक समर्थन रहेको छ ।सामुदायिक परामर्शमा तीन हजारभन्दा बढीको सहभागिता रहेको र ५ सय जनाले लिखित राय दिएको उनले बताइन् । ८० प्रतिशतले इच्छा मृत्युलाई समर्थन गरेका छन् ।
अर्कोतर्फ सरकारको यो अभ्यासको विरोध सुरु भएको छ । गृह मामिलाका छायाँ मन्त्री जेम्स प्याटरसनले उमेर घटाउने योजनालाई ‘डरलाग्दो’ भनेका छन्। ‘वयस्क पनि नभएको व्यक्तिले आफ्नो निर्णय आफैले लिने सक्दैन, यो विवेक संगत छैन। उसलाई इच्छा मृत्यु रोज्ने अधिकार दिनु कति हदसम्म सही होला ? त्यसो गर्दा जोखिम मात्र बढ्छ,’ उनले भने ।
सन २०१७ मा अष्ट्रेलियाको भिक्टोरियामा कानून लागू भएपछि सयौं मानिसहरूले इच्छामृत्यु रोजेका थिए, जसअनुसार भिक्टोरियामा यस्ता मानिसको संख्या ६०० भन्दा बढी रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण