कस्तो अवस्थामा खानु हुँदैन गोलभेँडा ?
गोलभेँडा बिना तरकारीको स्वाद र रङ नै खल्लो हुन्छ । गोलभेँडा सबैमा मिल्ने तरकारी हो । यसलाई सलाद बनाएर पनि खान सकिन्छ । यसबाहेक, गोलभेँडाको अचार असाध्यै स्वादिलो हुन्छ । एक तरिकाले भन्ने हो भने गोलभेँडा जीवनको एक महत्त्वपूर्ण अंश हो । तर गोलभेँडाले केही परिस्थितिमा हानिसमेत गर्छ । यसै विषयमा एक भारतीय सञ्चार माध्यमले अपोलो अस्पतालकी प्रमुख पोषणविद् डा. प्रियंका रोहतगीसँग कुराकानी गरेको छ ।
के अर्थराइटिसको दुखाई बढाउँछ ?
डा. प्रियंका रोहतगीले गोलभेँडामा पाइने तत्त्व पानीमा घुलनशील हुने भएकोले यसलाई सीमित मात्रामा सेवन गर्दा कुनै हानि नहुने बताएकी छिन् । तर यदि तपाईंले टमाटरबाट बनेको जुस, अचार आदि धेरै खानुभयो भने यसले हानि पु¥याउन सक्छ । डा. प्रियंकाका अनुसार यदि कसैलाई पहिला देखि नै जोर्नी दुख्न समस्या छ र उनीहरुले दूध, दही, पनिरको माध्यमले बढी क्याल्सियम पनि लिइरहेका छन्, उनीहरूको जोर्नी दुखाई बढ्न सक्छ । तर यदि सीमित मात्रामा यसको सेवन गर्ने हो भने यसले खासै केही हानी गर्दैन ।
ग्यासको समस्या बढ्छ
डा. प्रियंका रोहतगी भन्छिन्, ‘गोलभेँडाको प्रकृति एसिडिक हुन्छ । यसमा मेलिक र साइट्रिक एसिड हुन्छ । त्यसैले यदि गोलभेँडा धेरै खानुभयो भने छाती पोल्ने र एसिड रिफलेक्सजस्तो समस्या हुनसक्छ । पहिलादेखि नै ग्यासको समस्या हुनेहरूलाई गोलभेँडाले थप समस्या निम्त्याउन सक्छ । यद्यपि, कसैले पनि बिहान खाली पेटमा गोलभेँडा खानु हुँदैन ।’
के मिर्गौलाको पत्थरी हुनसक्छ ?
डा. प्रियंकाका अनुसार गोलभेँडामा अक्सिलेटको मात्रा निकै कम हुने भएकोले मिर्गौलामा पत्थरी हुन सक्छ भन्ने कुरा ठिक होइन । यदि कसैले आवश्यकताभन्दा बढी गोलभेँडा खान्छ भने उसको मिर्गौला मात्र होइन अन्य कुराको पनि समस्या हुनसक्छ । हामीले सबै कुरा सन्तुलन गरेर खान्छौँ र पर्याप्त मात्रामा पानी पिउँछौँ भने गोलभेँडा खाँदा मिर्गौला पत्थरी हुँदैन ।
के एलर्जीको समस्या बढाउँछ ?
यो कुरा पनि पूर्ण रूपमा सही होइन । जसलाई पहिला नै छालासम्बन्धी समस्या छ, उनीहरुले धेरै नै गोलभेँडा खान्छन् भने डाबरको समस्या हुनसक्छ । यदि कसैलाई पहिलादेखि नै लाइकोपेनडर्मिया छ भने धेरै गोलभेँडा खाँदा यो समस्या बढ्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण