शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

असारको तेस्रो साता ‘आइएमई पे’ मा पानी र बिजुलीमा क्यासब्याकको वर्षा

शुक्रबार, १५ असार २०८०, १५ : ०५
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । ‘आइएमई पे’ ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार १७ देखि २३ गतेसम्म एक हप्ताका लागि चल्ने छ। 

यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी गर्दा रु १०० सम्म १०% छुट प्राप्त गर्न सक्ने छन् । एक हप्तामा ग्राहकले सो क्यासब्याक पटक-पटक प्रयोग गर्न पाउने छन् । 

यस्तै बिजुलीको बिल आइएमई पे मार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छुट दिने भएको छ । सो क्यासब्याक एवम् छुट ग्राहकवर्गलाई आफ्नो घरायसी बिलहरु विद्युतीय मध्यम मार्फत तिर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रदान गरिएको हो । 

‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप