३३ प्रतिशत मन्त्री महिला चाहिन्छ, एक–दुई जना नमुना राखेर हुँदैन : उपाध्यक्ष अर्याल
काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले सरकारको मन्त्रिपरिषद्मा पनि ३३ प्रतिशत महिला हुनुपर्ने जिकिर गरेकी छन् । उपाध्यक्ष अर्यालले अब महिलाको लडाइँ भनेको ३३ प्रतिशत वडा अध्यक्ष र मन्त्रीमण्डलमा पनि ३३ प्रतिशत हुनुपर्ने रहेको बताएकी हुन् ।
शुक्रबार संसद् भवनमा आयोजित संसदीय प्रभावकारितामा महिला माननीयहरूको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै आर्यालले भनिन्, ‘अब हाम्रो लडाइँ स्थानीय तहमा ३३ प्रतिशत वडा अध्यक्ष महिला चाहिन्छ र ३३ प्रतिशत कार्यकारी पद लिनुपर्छ । मन्त्री पनि ३३ प्रतिशत चाहिन्छ, एक दुई जना नमुना राखेर हुँदैन, ३३ प्रतिशत हुनुपर्छ, अझ हामी त ५१ प्रतिशत हुनुपर्ने हो ।’
महिलाहरूलाई पुरुषसरहको अधिकार दिन नसकेसम्म महिलामाथि हुने हिंसा अन्त्य गर्न नसकिने बताएकी छन् । उनले महिलाका पार्टी बाहेकका साझा दायित्वहरू रहेकाले सबै एक भएर महिलाका हक हितका लागि लड्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘हामी महिलाको पार्टीगत भन्दा अर्को साझा दायित्वहरू पनि छन् । यसमा हामी सबै मिलेर एकजुट भएर जनताका लागि काम गर्नुपर्छ, महिलाका अधिकारमा काम गर्नुपर्छ । हामीले अझैसम्म समान अधिकार हासिल गर्न सकेका छैनौँ । जबसम्म समान उपलब्धि हासिल गर्न सक्दैनौँ, महिलामाथि हुने हिंसा अन्त्य हुन सक्दैन । हामीले यो अधिकार दिलाउने नीति निर्माण गर्नुपर्छ । सामाजिक आर्थिक रूपले आधारभूत तहको लैङ्गिक र सामाजिक, जातीय विभेदहरूको अन्त्य गर्दैनौँ, तबसम्म हामीले देखेको समुन्नत समाज निर्माण गर्न सक्दैनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण