महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसद्को गरिमा बढेको छ : मन्त्री गुरुङ
शुक्रबार, १५ असार २०८०, १६ : १४
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसद्को गरिमा बढेको बताएका छन् ।
शुक्रबार संसद् भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला सांसदहरुले दिएका अभिव्यक्ति पुरुषका भन्दा तार्किक र परिष्कृत रहेको बताए ।
मन्त्री गुरुङले महिलाहरुले विषयको गम्भीरतालाइ बुझेर मिहेनतका साथ अभिव्यक्ति दिने गरेको भन्दै प्रशंसा गरे । उनले पुरुष सांसदहरुले बोलेका अभिव्यक्ति पछि हेर्दा पश्चाताप लाग्ने खालको रहेको भन्दै अध्ययनसहित आफ्ना धारणा राख्दा संसद्को गरिमा बढ्ने बताए ।
मन्त्री गुरुङले संसदमा बोल्दै गदौ विषयान्तर बढी हुने प्रवृत्ति पनि बढिरहेको बताए । उनले आफू संसमा तेस्रो पटक आएपनि आफू संसद्को विद्यार्थी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण