सलाइन पानी बोकेर सरकारी वकिल कहाँ पुगेका मीनबहादुरसहित ३ जना अस्पतालमा
काठमाडौँ । बालुवाटार स्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएका ३ जना अस्पतालमा भर्ना भएका छन् । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह र पूर्व शाखा अधिकृत धर्मप्रसाद गौतम अस्पतालमा भर्ना भएका हुन् ।
आरोपितहरूलाई महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । ब्यूरोका ती अधिकृतका अनुसार शाह प्रोस्टेट र मेरुदण्डको बिरामी छन् । धर्मप्रसाद गौतम अक्सिजन लिइरहन्छन् । मीनबहादुर गुरुङ उच्च रक्तचाप र मुटुको बिरामी भएको कारण देखाउँदै अस्पतालमा भर्ना भएका हुन् ।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सरकारी लिखत किर्ते गरेको आरोपमा पक्राउ गरिएका एकजना मात्रै अहिले सीआईबीको हिरासतमा छन् । ब्यूरोका अधिकृतहरूका अनुसार पूर्व खरिदार गोपाल कार्की मात्रै हिरासतमा छन् ।
असार १२ मा उनीहरू पक्राउ परेका थिए । आरोपितहरू विरुद्ध शुक्रबारबाट सीआईबीमा बयान लिन थालिएको छ ।
यता पक्राउ परेकाहरू दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। शुक्रबार न्यायाधिश डा कुमार चुडालको इजलासले सो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरूङ, सुधीर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित दर्ता गरेको मुद्दामा गृह मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण