भारतमा ट्रक दुर्घटना : ६ जनाको मृत्यु, २ गम्भीर घाइते
शुक्रबार, १५ असार २०८०, २१ : ४४
नयाँदिल्ली । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा शुक्रबार बिहान सडक छेउमा पार्क गरिएको ट्रकसँग कार ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु हुनाको साथै अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
राज्यको बाँदा जिल्लामा आठ जना यात्रु बोकेको कारले ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको बाँ्दाका जिल्ला अधिकारी दुर्गा शक्ति नागपालले जानकारी दिएका छन् । पाँच जनाको घटनास्थलमै ज्यान गएको थियो भने तीनजनालाई सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो ।
बाँकी दुई घाइतेको अवस्था अहिले गम्भीर रहेको र सरकारी अस्पतालमा सारिएको अधिकारीले बताएका छन् ।-(रासस–सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण