पम्पको पानीले रोपाइँ गर्दै किसान

बारा । जीतपुर सिमरा उपमहानगर–१२, फत्तेपुरका पन्चुलाल चौधरीले शुक्रबार रोपाइँ गरेका छन् । गत वर्ष असारको पहिलो साता रोपाइँ सकेका चौधरीले यसपाली समयमै वर्षा नहुँदा पम्पको पानीले रोपाइँ गरेका हुन् ।
पानी नपर्दा समयमै बिउ राख्न नपाएर रोपाइँ पनि ढिलो भएको चौधरी बताउँछन् । ‘एउटा खेतालाको ४ घण्टाको ४ सय रुपैयाँ, ट्रयाक्टरबाट जोताई १ हजार ८ सय प्रतिघण्टाको छ, खेती गर्न धेरै महँगो छ । किसानलाई धेरै समस्या छ,’ चौधरीले भने ।
जीतपुर सिमरा–१५ का मेघनाथ थारुले समय पानी नपर्दा पम्प चलाएर आज रोपाइँ गरेका छन् । गत वर्ष समयमै पानी परे पनि यसपटक पानी नपरेर रोपाइँ ढिलो भएको थारुको भनाइ छ ।
समयमै धानको बिउ, मल नपाएको कृषकहरुको गुनासो छ । ‘मजदुर ज्याला महँगो छ, पम्प चलाउन डिजल पनि पाइरहेको छैन, काम गर्ने मान्छे पनि पाइँदैन । धेरै समस्या छ,’ थारुले भने, ‘दिनदिनै खेतमा पानी पटाउनुपर्छ, खेती गर्न धेरै खर्चिलो छ ।’
बारामा अधिकांश किसानले सारो सोना जातको धान लगाएका छन् । बारा फत्तेपुरका राजकिशोर चौधरीले राष्ट्रिय धान दिवस वास्तविक किसानको लागि नभएको बताए ।
किसानहरुका सिँचाइ, कृषि बाटो, मल, बिउ लगायतका विषयमा स्थानीय सरकारलाई कुनै चासो नभएको चौधरीको भनाइ छ । ‘१७ कठ्ठा खेतमा ३४÷३५ हजार खर्च लाग्छ, आफ्नो खेत भएरमात्रै हो, नत्र अरुको खेत ठेक्का लिएर खेती गर्न सम्भव छैन,’ उनले भने । रासायनिक मलका लागि कालोबजारीकै भर पर्नुपर्ने उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्र कलैयाका प्रमुख जितेन्द्र यादवले असार १५ सम्म बारामा १० प्रतिशतमात्रै धान रोपाइँ भएको बताए । ‘यसपटक किसानको मुख्य समस्या भनेकै पानी हो । समयमै पानी नपर्दा बिउ राख्नै ढिलो भयो, बारामा अहिलेसम्म १० प्रतिशत मात्रै रोपाइँ भएको छ,’ यादवले भने ।
कृषि ज्ञान केन्द्रका अनुसार बारामा कुल भूभागको ४५ हजार हेक्टरमा बर्खे धान लगाइन्छ । असार १५ तथा राष्ट्रिय धान दिवसको अवसरमा आज जनता मावि रजघट्टा, नेरा मावि पथलैयाले पनि रोपाइँ कार्यक्रम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते