शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मेलम्ची खानेपानी सहज रूपमा वितरण गर्न खुमलटार क्षेत्रका बासिन्दाको माग (तस्बिरहरू)

शनिबार, १६ असार २०८०, १२ : ३९
शनिबार, १६ असार २०८०

ललितपुर । ललितपुरको खुमलटारस्थित मेलम्ची खानेपानी रिजर्भ ट्यांकी प्रभावित क्षेत्रका बासिन्दाले सहज रुपमा पानी वितरण गर्न माग गरेका छन् । शनिवार खानेपानी संघर्ष समितिको आयोजना भएको बृहत अन्तरक्रिया कार्यक्रममा उनीहरुले सो माग गरेका हुन् ।

कार्यक्रममा खानेपानी मन्त्री महेन्द्र राय यादव, ललितपुर महानगरपालिका प्रमुख, उपप्रमुख, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख र वडाअध्यक्षहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा स्थानीय बासिन्दाले आफ्नै ठाउँमा रिजर्भ टयाङ्की बनेपनि पानी खान नपाएको गुनासो गरेका थिए । 

ललितपुर महानगरपालिका वडा नम्बर १४, १५, २३ र २६ का मेलम्ची रिजर्भ ट्याङ्की प्रभावित क्षेत्रका वासिन्दाले संघर्ष समिति निर्माण गरी सहज रुपमा पानी वितरण गर्न माग गर्दै आएका छन् ।  तस्बिर : कृष्ण खड्का/रातोपाटी 

khanepani-khumaltar (2)khanepani-khumaltar (3)khanepani-khumaltar (4)khanepani-khumaltar (5)khanepani-khumaltar (6)khanepani-khumaltar (7)khanepani-khumaltar (8)khanepani-khumaltar (9)khanepani-khumaltar (10)khanepani-khumaltar (11)

khanepani-khumaltar (13)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप