बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

सडक विस्तारमा समन्वय गर्ने हेटौँडा उपमहानगरपालिकाको निर्णय

अतिक्रमण गरी बनाइएका संरचनाहरू सडक सीमाबाट हटाउन अनुरोध
शनिबार, १६ असार २०८०, १६ : ५९
शनिबार, १६ असार २०८०

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले बजार क्षेत्रको सडक विस्तारका लागि समन्वय र सहकार्यका लागि सर्वसम्मत निर्णय गरेको छ । सडक विस्तारको विषयमा जिल्लाका दलहरूबिच मत भिन्नता सिर्जना भइरहेको अवस्थामा शनिबार बसेको हेटौँडा उपमहानगरपालिकाको १३ औँ नगरसभाको दोस्रो बैठकले उक्त निर्णय गरेका हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।  

‘सडक विस्तार आवश्यक छ भन्ने सबैको मत छ । सडक विस्तार नहुँदा हेटौँडा बजार क्षेत्रको विकासमा समेत समस्या हुँदै आएको छ । सोही कारणले क्षतिपूर्ति र व्यवसायीको समस्याको विषयमा स्थानीय सरकारले आवश्यक पहल र समन्वय गर्छ,’ प्रवक्ता न्यौपानेले भने ।

सर्वोच्च अदालतको मिति २०७८–९–१९ को उत्प्रेरण आदेशमार्फत उक्त खण्डको सडक सीमा सडक केन्द्रबाट २५/२५ जग कायम भएको, उल्लेख भएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले असार १० मा पुनः सडक क्षेत्रका अतिक्रमित घर टहरा तथा अन्य संरचना हटाउन सूचना जारी गरेको हो ।

सडक डिभिजन हेटौँडाले सडकको दायाँबायाँ २५/२५ मिटर भित्र रहेका घर टहरा ३५ दिनभित्र हटाउन भन्दै गत असार १० मा सूचना जारी गरेको थियो ।

‘सडक क्षेत्रभित्र बनेका स्थायी/अस्थायी घर टहरा तथा अन्य संरचना भत्काउन यस अघि विभिन्न राष्ट्रिय पत्रिकाहरूमा सूचना प्रकाशित गरिएकोमा हालसम्म पनि अतिक्रमित संरचना हटाइएको नपाइएकोले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उक्त सडकखण्डमा अतिक्रमित गरी बनाइएका संरचनाहरू सडक सीमाबाट हटाउन सम्बन्धित स्थानीय तह सरोकारवाला निकाय तथा सम्पूर्णलाई सहयोगको लागि अनुरोध छ,’ आज प्रकाशित सूचनामा उल्लेख छ ।

३५ दिनभित्र सडकसीमा अतिक्रमण गरी बनाइएका संरचना नहटाएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार सडक डिभिजन हेटौँडाले हटाउने र सो बापत लाग्ने शुल्क सम्बन्धित निर्माणकर्ताबाट असुल गरिने समेत सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप