हेटौँडाको बजेट पारित
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । शनिबार बसेको हेटौँडा उपमहानगरपालिकाको १३ औँ नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको कुल २ अर्ब ६८ करोड ६० लाख १० हजार रुपैयाँ बजेट पारित गरेको हो ।
उपमहानगरपालिकाले गत असार २ गतेको नगरसभामा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र सङ्घीय सरकारको अनुदानबाट रु. १ अर्ब १४ करोड ५० लाख रुपैयाँबाट बेहोरिने गरी बजेट सार्वजनिक गरेको थियो ।
नगरसभाले आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० सर्वसम्मत रूपमा पारित गरेको प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । उनका अनुसार नगरसभाले २०७९/०८० मा सम्पन्न भएको योजनाको अनुमोदन तथा अवकाश प्राप्त कर्मचारीको उपदान, बिदा तथा औषधोपचार खर्चको अनुमोदनसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण