नेपालका राजनीतिक दलहरूमा लोकतन्त्रको कमी : पूर्वसभामुख सापकोटा
काठमाडौँ । पूर्वसभामुख अगिनप्रसाद सापकोटाले नेपालका राजनीतिक दलहरूमा लोकतन्त्रको कमी भएको बताएका छन् । ६५ औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले अहिले पार्टीभित्र बिचौलिया, माफिया मात्रै नभई एक अर्कालाई आरोप लगाएर मूल्य, मान्यता र आदर्शमाथि नै प्रहार भइरहेको बताए ।
उनले भनने, ‘कमिसन, अहिले बिचौलिया, माफियाहरूको मात्रै होइन, पार्टीभित्र पनि एक अर्कालाई आरोप लगाएर के हो त्यो पार्टीको मूल्य मान्यता, आदर्श, हामी कतातिर गइरहेका छौँ । अहिले पार्टीभित्र केही कुराको कमी छ भने, हाम्रो राजनीतिक जीवनका हरेक क्षेत्रमा केही कुराको कमी छ भने त्यो लोकतन्त्रको कमी छ । लोकतन्त्र भनेको कुनै प्रवचनको विषय होइन । लोकतन्त्र भनेको कुनै भाषणको विषय होइन । लोकतन्त्र भनेको जीवन व्यवहार हो, नयाँ सभ्यता र संस्कृति हो । लोकतन्त्र भनेको हामीलाई अघि बढाउने महान् सिद्धान्त हो । त्यसका लागि पार्टीहरू प्रतिबद्ध भएको मैले देखिनँ ।’
पूर्वसभामुख सापकोटाले कुनै पनि लाभका लागि सिद्धान्तको बली चढाउनु निर्लज्जताको कुरा भएको बताए । उनले पछिल्लो समय राजनीतिक सिद्धान्तमा पनि विचलन भइरहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण