नदीमा डुबेर अत्तरीयामा एक बालकको मृत्यु
शनिबार, १६ असार २०८०, २२ : २५
धनगढी । कैलालीमा नदिमा डुबेर एक जना बालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका –१ वनदेवी टोलका लोकेन्द्र खडायतका १४ वर्षीय छोरा सागर खडायतको नदीमा डुबेर मृत्यु भएको हो। उनलाई नदीबाट गम्भीर अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यलय मालाखेतीले जनाएको छ ।
उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो तर, बालकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। उनलाई महेन्द्रनगर रोड स्थित गोदावरी नदिमा डुबेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण