सरकारले अवैध सम्पत्ति नियन्त्रण गर्न हेलचक्र्याइँ गरेको छैन : कानुनमन्त्री गुरुङ
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचक्र्याइँ नगरेको दाबी गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
मन्त्री गुरुङले कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले ठूलो–सानो, दायाँ, बायाँ केही पनि नहेर्ने समेत स्पष्ट पारे । उनले सरकार पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने कुरामा पछि नपर्ने पनि बताए ।
मन्त्री गुरुङले भने, ‘कालोधन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्नुपर्ने कुरामा दुई मत रहेन । यसको हेलचक्र्याइँ भइरहेको सन्दर्भ उठेको छ । पटक्कै हेलचक्र्याइँ गर्न खोजिएको छैन । माथि होस कि तल । दायाँ होस कि बायाँ कोही पनि पीडकलाई छोड्नु हुन्न । यदि हामी न्यायको पक्षमा उभिन्छौँ भने, यदि हामी पीडितको पक्षमा उभिन्छौँ भने माथिलाई छोड्ने, तललाई समात्ने हुँदै होइन । सरकार अहिले त्यही बाटोमा अघि बढिराखेको छ । ठूलो, सानो हामी हेर्दैनौं । अनुहार पनि हेर्दैनौं । राजनीतिक पार्टी पनि हेर्दैनौं ।’
मन्त्री गुरुङले वित्तीय अनुशासन उलंघन गर्नेहरुलाई सरकारले नछोड्ने पनि दोहो¥याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण