घुससहित पक्राउ परेका नापी सर्वेक्षक र लेखपढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, १७ असार २०८०, १६ : ३६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्रहीसँग लिएको एक लाख ७५ हजार घुसरकम सहित पक्राउ परेका मनमैजुस्थित काठमाडौं नापी कार्यालयका नापी सर्वेक्षक रेमश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा उपरकोटीले कार्कीमार्फत घुस/रिसवत बुझेका थिए । आयोगका प्रवक्ता भोला दाहालका अनुसार सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो जरिवाना सजायसमेत हुने गरि विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप