रघुवीर महासेठले भेटे उपेन्द्र यादवलाई, के भयो छलफल ?
काठमाडौँ । नेकपा एमालेका सचिव रघुवीर महासेठले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई उनकै पार्टी कार्यालयमा भेटेका छन् । कोशी प्रदेशमा सरकार ढली सकेको र अगामी सरकारका लागि के गर्ने भन्ने विषयमा छलफल चलिरहेको बेला सचिव महासेठले आइतबार अध्यक्ष यादवलाई भेटेको स्रोतले जनाएको छ ।
कोशी प्रदेशका पार्टी इन्चार्ज समेत रहेका महासेठले प्रदेशमा एमाले नेतृत्वमा सरकार गठनका लागि सहयोग माग्न यादवलाई भेटेको जसपा स्रोतको दाबी छ । महासेठले र यादवबीचको छलफलमा जसपा कोशी प्रदेश सांसद निर्मला लिम्बु र प्रदेश इन्चार्ज एवं कार्यकारिणी सदस्य रकम चोम्जोङ पनि सहभागी रहेको जनाइएको छ ।
भेटमा अध्यक्ष यादवले आफूहरू समाजवादी मोर्चा र सत्ता गठबन्धनमा रहेकाले एक्लै निर्णय लिन नसकिने महासेठलाई बताएका छन् । अध्यक्ष यादवले गठबन्धनमा निर्णय गरेर अगाडि बढ्ने भन्दै छलफल गरेर थप जानकारी दिने प्रतिक्रिया दिएको जसपा एक नेताले बताए ।
प्रदेश सांसद लिम्बुले पनि पार्टीले एक्लै निर्णय गर्ने भन्दा पनि गठबन्धनले जे निर्णय गर्छ त्यही अनुसार अगाडि बढ्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण