मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

रघुवीर महासेठले भेटे उपेन्द्र यादवलाई, के भयो छलफल ?

आइतबार, १७ असार २०८०, २० : १३
आइतबार, १७ असार २०८०

काठमाडौँ । नेकपा एमालेका सचिव रघुवीर महासेठले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई उनकै पार्टी कार्यालयमा भेटेका छन् । कोशी प्रदेशमा सरकार ढली सकेको र अगामी सरकारका लागि के गर्ने भन्ने विषयमा छलफल चलिरहेको बेला सचिव महासेठले आइतबार अध्यक्ष यादवलाई भेटेको स्रोतले जनाएको छ ।

कोशी प्रदेशका पार्टी इन्चार्ज समेत रहेका महासेठले प्रदेशमा एमाले नेतृत्वमा सरकार गठनका लागि सहयोग माग्न यादवलाई भेटेको जसपा स्रोतको दाबी छ । महासेठले र यादवबीचको छलफलमा जसपा कोशी प्रदेश सांसद निर्मला लिम्बु र प्रदेश इन्चार्ज एवं कार्यकारिणी सदस्य रकम चोम्जोङ पनि सहभागी रहेको जनाइएको छ ।  

भेटमा अध्यक्ष यादवले आफूहरू समाजवादी मोर्चा र सत्ता गठबन्धनमा रहेकाले एक्लै निर्णय लिन नसकिने महासेठलाई बताएका छन् ।  अध्यक्ष यादवले गठबन्धनमा निर्णय गरेर अगाडि बढ्ने भन्दै छलफल गरेर थप जानकारी दिने प्रतिक्रिया दिएको जसपा एक नेताले बताए ।

प्रदेश सांसद लिम्बुले पनि पार्टीले एक्लै निर्णय गर्ने भन्दा पनि गठबन्धनले जे निर्णय गर्छ त्यही अनुसार अगाडि बढ्ने बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप