कृषि तथा पशुपन्छी बीमालाई अझै प्रभावकारीरूपले अगाडि बढाउनुपर्छ : मन्त्री भुसाल
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि तथा पशुपन्छी बीमाको विगत १० वर्षको अनुभवलाई समीक्षा गरी यसलाई अझै प्रभावकारी रूपले अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कृषि, पशुपन्छी तथा जडीबुटी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. भुसालले कृषि उत्पादन बढाउन र अर्थतन्त्रलाई सबल बनाउन कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका हुन् ।
उनले कृषकले अपनत्व महसुस गर्ने, कृषिका सबै क्षेत्रलाई समेट्ने र विद्यमान समस्याहरूको निकास निस्कने गरी कृषि तथा पशुपन्छी बीमा अनुदान निर्देशिका परिमार्जन गर्नका लागि सुझाव दिन सबैलाई आग्रह गरे । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपककुमार खरालले सरकारले कृषि तथा पशुपन्छी बीमामा उपलब्ध गराउँदै आएको अनुदान रकम निरन्तर रूपमा निकासा हुँदै जाने स्पष्ट गर्नुहुँदै कृषि बीमालेख निरन्तर जारी गर्न, नियमसङ्गत् रूपमा दाबी रकम भुक्तानी गर्न र कृषकलाई आघात पार्ने कुनै काम नगर्न बीमा कम्पनीहरूलाई आग्रह गरे ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कृषि बीमा अनुदानबाट लक्षित वर्गले लाभ पाए नपाएको सहित अनुदानको उपयोगिताका बारेमा अध्ययन गर्नु आवश्यक रहेको उल्लेख गर्नुहुँदै ठूला कृषि फर्मलाई नभई सीमान्तकृत वर्ग, साना किसान एवम् लक्षित वर्गलाई लाभ पुग्ने गरी कृषि बीमा अनुदानको व्यवस्था हुन सके त्यसको प्रभावकारी बढ्ने जिकिर गरे ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ३१ हजार ४ सय १६ कृषि तथा पशुपन्छी बीमा दाबी फर्छ्यौट भई रु. १ अर्ब ४२ करोड ८३ लाख ८१ हजार बराबरको दाबी भुक्तानी भएको जानकारी दिए । कार्यकारी निर्देशक पौडेलले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अन्तर्गत पशुधन, माछा र पन्छी बीमालेख संशोधनको अन्तिम चरणमा पुगेको र दलहन, स्याउ, ओखर तथा आँपखेती बीमालेखहरू जारी हुने क्रममा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण