पारा एथ्लिट रामले अस्ट्रेलियामा तीन प्रतियोगिता खेल्ने
सोमबार, १८ असार २०८०, १६ : ००
काठमाडौँ । राष्ट्रिय पारा तेक्वान्दो खेलाडी रामबहादुर अधिकारीले अस्ट्रेलियामा आयोजना हुने तीनवटा अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । उक्त प्रतियोगितामा सहभागी हुने उनी सोमबार अस्ट्रेलिया प्रस्थान गरेका छन् ।
उनले जुलाई ७ तारिखमा डब्लूटी प्रेसिडेन्ट कप, जुलाई ८ तारिखमा ओसिएना ओपन तेक्वान्दो च्याम्पियनसिप र जुलाई ९ तारिखमा अस्ट्रेलियन ओपन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने जानकारी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले दिए ।
अस्ट्रेलियामा आयोजना हुने प्रतियोगितामा रामले के.४४ क्याटगोरीअन्तर्गत ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । रामलाई प्रशिक्षक लामालगायतले सोमबारै बिदाइ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण