सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पारा एथ्लिट रामले अस्ट्रेलियामा तीन प्रतियोगिता खेल्ने

सोमबार, १८ असार २०८०, १६ : ००
सोमबार, १८ असार २०८०

काठमाडौँ । राष्ट्रिय पारा तेक्वान्दो खेलाडी रामबहादुर अधिकारीले अस्ट्रेलियामा आयोजना हुने तीनवटा अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । उक्त प्रतियोगितामा सहभागी हुने उनी सोमबार अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

उनले जुलाई ७ तारिखमा डब्लूटी प्रेसिडेन्ट कप, जुलाई ८ तारिखमा ओसिएना ओपन तेक्वान्दो च्याम्पियनसिप र जुलाई ९ तारिखमा अस्ट्रेलियन ओपन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने जानकारी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले दिए । 

अस्ट्रेलियामा आयोजना हुने प्रतियोगितामा रामले के.४४ क्याटगोरीअन्तर्गत ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । रामलाई प्रशिक्षक लामालगायतले सोमबारै बिदाइ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप