यसका कारण फेडेररको सम्मानमा उपस्थित हुन सकिनन् सेरेना
काठमाडौँ । विश्व टेनिसको चार ग्रान्डस्लाम प्रतियोगितामध्ये एक हो, विम्बल्डन । विश्व खेलकुदकै सबैभन्दा पुरानो प्रतियोगितामा पर्छ, यो प्रतियोगिता । सन् १८७७ मा स्थापना भएको विम्बल्डनको हालसम्म एक सय ३५ वटा संस्करण सम्पन्न भइसकेको छ ।
विम्बल्डनसँग जोडिएका यस्तै कीर्तिमानी खेलाडीमध्ये एक हुन्, स्वीस टेनिस स्टार रोजर फेडेरर । उनले हालसम्म आठपटक विम्बल्डनको एकल उपाधि चुमिसकेका छन् । गत वर्ष नै सक्रिय खेलजीवनबाट सन्न्यास लिइसकेका फेडेररलाई मंगलबार विम्बल्डनले सम्मान गर्ने भएको छ ।
४१ वर्षीय फेडेररको सम्मानमा मंगलबार विम्बल्डनको खेल सुरु हुनुअघि सेन्टर कोर्टमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । फेडेररले विम्बल्डनमा सन् २००३ देखि सन् २००७ सम्म लगातार पाँच पटक पुरुष एकलतर्फको उपाधि जितेका थिए ।
यसका अतिरिक्त उनले सन् २००९, सन् २०१२ र सन् २०१७ मा पनि विम्बल्डनको एकल उपाधि चुमेका थिए । उनले सन् २०१७ मा विम्बल्डनको एकल उपाधि जित्दै विश्व टेनिसका महान् खेलाडी पिट साम्प्रासको कीर्तिमान तोडेका थिए ।
त्यतिबेलासम्म साम्प्रास विम्बल्डनमा सबैभन्दा बढी एकल उपाधि जित्ने खेलाडी थिए । साम्प्रासले सात पटक विम्बल्डनको उपाधि जितेका थिए । ‘२० पटक ग्रान्डस्लाम प्रतियोगिताको एकल उपाधि जित्ने फेडेररको सम्पमानमा विशेष कार्यक्रम आयोजना गरिने छ । आखिर उनी विम्बल्डनमा सबैभन्दा बढी पुरुष एकलतर्फको उपाधि जित्ने खेलाडी हुन् । त्यसैले उनी यो सम्मानको हकदार पनि हुन् । यसको तयारी पनि पूरा भइसकेको छ,’ विम्बल्डनका प्रमुख कार्यकारी सेली बोल्टनको कथन छ ।
फेडेररको सम्मान कार्यक्रममा प्रभावशाली अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई पनि आमन्त्रण गरिएको थियो । ४१ वर्षीया सेरेना विम्बल्डनमा सबैभन्दा बढी महिला एकलतर्फको उपाधि जित्ने खेलाडी हुन् ।
सेरेनाले हालसम्म विम्बल्डनमा सात पटक महिला एकलतर्फको उपाधि जितेकी छन् । प्रमुख कार्यकारी अधिकृत बोल्टनका अनुसार, गर्भवती भएका कारण सेरेना उक्त समारोहमा उपस्थित हुन असमर्थ भएकी छन् । ‘हामी सम्मान कार्यक्रममा सेरेनालाई पनि देख्न चाहन्थ्यौं तर, सेरेना गर्भवती भएका कारण त्यो सम्भव हुन सकेन,’ बोल्टनले भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण