राष्ट्र बैंकद्वारा लघुवित्त गुनासो सुनुवाइ डेक्सको स्थापना, फोन गर्दा पैसा नलाग्ने
सोमबार, १८ असार २०८०, १८ : ५३
काठमाडौँ । केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरुसँग सम्बन्धित गुनासा सुन्न छुट्टै हेल्प डेक्सको स्थापना गरेको छ ।
राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकाराला सदस्यहरुको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि केन्द्रीय बैंकले सोमबार लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डक्सको स्थापना गरेको हो ।
साथै उक्त डेक्समा गुनासा टिपाउन केन्द्रीय बैंकले पैसा नलाग्ने (टोल फ्रि) नम्बर समेत उपलब्ध गराएको छ । उक्त फोनमार्फत गुनासो टिपाउन सक्नुका साथै बैंकको अनलाइन गुनासो पोर्टलमा गएर समेत आफ्ना समस्या टिपाउन सकिने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
-
प्रदेशलाई केन्द्रको पपेट बनाइयो, हामी त वडाध्यक्षभन्दा पनि निरीह भयौँ : जीवनबहादुर शाही
-
नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल (तस्बिरहरू)
-
पहिलो विदेशी अतिथिका रूपमा बेलायतका प्रधानमन्त्री बर्नहमले जेलेन्स्कीलाई स्वागत गर्ने
-
न्युयोर्कका मेयर मामदानीले घृणा फैलाउने प्रयास गरेको नेतान्याहुको आरोप
-
अमेरिकी बमबारी रोकिएसम्म इरानले पनि आक्रमण नगर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण