रुसले भन्यो, ‘युक्रेनले मस्कोमा ड्रोन हमला गर्यो’
रुसको रक्षा मन्त्रालयले युक्रेनले मस्कोमा ड्रोन आक्रमण गरेको जनाएको छ । यसका कारण मस्कोको दक्षिण पश्चिमी छेउमा रहेको भानुकोभो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानहरू डाइभर्ट गर्नुपरेको बताइएको छ ।
मंगलबारको आक्रमणमा मस्कोमा पाँच ड्रोन प्रहार गरिएको बताइएको छ । यस हमलामा मस्को वरपरको ठुलो क्षेत्रलाई निशाना बनाइएको छ ।
रुसी रक्षा मन्त्रालयले सबै पाँच ड्रोन नष्ट भएको जनाएको छ । यस हमलामा कुनै पनि जनधनको क्षति भएको छैन ।
युक्रेनले यस कथित आक्रमणको कुनै जिम्मेवारी लिएको छैन । मस्कोको तीन अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एक भनुकोभो अन्तर्राष्ट्रिय विमानस्थलमा लगाइएको उडान प्रतिबन्ध अब हटाइएको छ ।
उडान प्रतिबन्धले टर्की, युएई र इजिप्टबाट आउने उडानहरू प्रभावित भएका छन् ।
रक्षा मन्त्रालयका अनुसार मस्कोको क्षेत्रमा उडेका चार ड्रोनलाई वायु रक्षा प्रणालीले नष्ट गरेको छ भने पाँचौँ ड्रोन दुर्घटना हुनुअघि नै रोकिएको थियो ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले टेलिग्राममा उक्त घटना बारे भनिन्, ‘युक्रेनले सिभिल इन्फ्रास्ट्रक्चर रहेको क्षेत्रमा आक्रमण गर्ने प्रयास गरेको थियो । यसमा अन्तर्राष्ट्रिय उडानहरू आउने विमानस्थल पनि छ । यो आतङ्कवादी कार्य हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण