मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

रुसले भन्यो, ‘युक्रेनले मस्कोमा ड्रोन हमला गर्‍यो’

मङ्गलबार, १९ असार २०८०, १४ : ५९
मङ्गलबार, १९ असार २०८०

रुसको रक्षा मन्त्रालयले युक्रेनले मस्कोमा ड्रोन आक्रमण गरेको जनाएको छ । यसका कारण मस्कोको दक्षिण पश्चिमी छेउमा रहेको भानुकोभो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानहरू डाइभर्ट गर्नुपरेको बताइएको छ । 

मंगलबारको आक्रमणमा मस्कोमा पाँच ड्रोन प्रहार गरिएको बताइएको छ । यस हमलामा मस्को वरपरको ठुलो क्षेत्रलाई निशाना बनाइएको छ ।

रुसी रक्षा मन्त्रालयले सबै पाँच ड्रोन नष्ट भएको जनाएको छ । यस हमलामा कुनै पनि जनधनको क्षति भएको छैन ।

युक्रेनले यस कथित आक्रमणको कुनै जिम्मेवारी लिएको छैन । मस्कोको तीन अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एक भनुकोभो अन्तर्राष्ट्रिय विमानस्थलमा लगाइएको उडान प्रतिबन्ध अब हटाइएको छ ।

उडान प्रतिबन्धले टर्की, युएई र इजिप्टबाट आउने उडानहरू प्रभावित भएका छन् ।

रक्षा मन्त्रालयका अनुसार मस्कोको क्षेत्रमा उडेका चार ड्रोनलाई वायु रक्षा प्रणालीले नष्ट गरेको छ भने पाँचौँ ड्रोन दुर्घटना हुनुअघि नै रोकिएको थियो ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले टेलिग्राममा उक्त घटना बारे भनिन्, ‘युक्रेनले सिभिल इन्फ्रास्ट्रक्चर रहेको क्षेत्रमा आक्रमण गर्ने प्रयास गरेको थियो । यसमा अन्तर्राष्ट्रिय उडानहरू आउने विमानस्थल पनि छ । यो आतङ्कवादी कार्य हो ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप