सामुदायिक अस्पतालहरू स्वास्थ्य मन्त्रालयकै सम्पत्ति हुन् : स्वास्थ्य मन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सामुदायिक अस्पतालहरू पनि स्वास्थ्य मन्त्रालयकै सम्पत्ति भएको बताएका छन् ।
सर्लाहीको कौडेना गाउँपालिका फुलपरासीमा नवनिर्मित १५ शैयाको सामुदायिक अस्पतालको मंगलबार उद्घाटन गर्दै मन्त्री बस्नेतले सम्पूर्ण नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यको भएकाले सामुदायिक अस्पतालहरु पनि राज्यकै सम्पत्ति भएको बताएका हुन् ।
मन्त्री बस्नेतले भने, ‘यो अस्पताल कौडेना गाउँपालिकाको मात्र सम्पत्ति होइन, सर्लाही जिल्लाकै सम्पत्ति हो र स्वास्थ्य मन्त्रालयकै सम्पत्ति हो ।’
मन्त्री बस्नेतले सामुदायिक अस्पतालको विकास र बिस्तारका लागि स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफ्नो पहिलो प्राथमिकता विपन्न, गरिब एवं वेवारिसेले सर्वसुलभ उपचार पाउनु पर्ने भएकाले आफू त्यसमा लागेको र सफलता पाउँदै गइरहेको जिकिर गरे ।
स्वास्थ्य मन्त्रालय मातहतका ९ वटा केन्द्रीय अस्पताललाई विपन्न विरामीका लागि जनरल वार्ड निःशुल्क गर्ने निर्णय गराएर २ हजार २८ शैयामा अहिले विपन्नहरुले सहज उपचार पाउन थालेको मन्त्री बस्नेतले जानकारी दिए ।
गरिब र विपन्नको सिफारिस वडाध्यक्षहरुले गर्नुपर्ने निर्णय गरेर आफूले जनताको आधारभूत आवश्यकता पूरा गर्न सहज बनाएको मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतले दुई हप्ताभित्रै स्वास्थ्य मन्त्रालय मातहतका संघीय अस्पतालहरुका सबै जनरल वार्ड निःशुल्क गरिने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण