लुम्बिनी प्रदेशका निर्देशनालय खारेज गर्ने सरकारको निर्णयप्रति एमालेको आपत्ति
बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशको बैठक बहिष्कार गरेको जानकारी दिएको छ । मंगलबार जारी प्रदेशसभाको बैठकबाट बाहिरिएपछि पत्रकार सम्मेलन गर्दै एमालेले सरकारको निर्देशनालयहरु खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएको हो ।
प्रदेश सरकार र जनताको बीचमा पुलको रूपमा काम गरिरहेको निर्देशनालयहरुलाई पूर्वाग्रही तरिकाले सरकारले विस्थापित गर्ने निर्णय गरेको भन्दै एमालेले आपत्ति जनाएको छ । एमालेले निर्देशनालयहरू खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
यस्तै आर्थिक वर्ष २०७५/०७६ देखि सञ्चालित क्रमगत योजनाहरू राजनीतिक पूर्वाग्रहका रूपमा कटौती गरेको भन्दै एमालेले विरोध जनाएको छ ।
एमाले संसदीय दलका नेता लीला गिरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'विगत सरकारले सञ्चालन गरेका बहुवर्षीय तथा गौरवका योजनाहरुलाई अलपत्र पार्ने उद्देश्यका साथ अति न्यून बजेट विनियोजन गर्ने सरकारको गलत प्रवृत्तिको विरोध गर्दछौं ।'
एमालेले गठबन्धन सरकार दम्भका साथ प्रस्तुत भएर प्रतिपक्षलाई बाइपास गरेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण