पवन र सर्मेश प्रकाश दाहाल स्मृति बक्सिङको फाइनलमा
काठमाडौँ । नेपाल आर्मीका पवन मोक्तान र एक्सबक्सका सर्मेश लामिछाने प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । पुरुष ९२ केजीमाथिको सेमिफाइनल भिडन्तमा पवनले बक्समान्डुका रविन्द्र घिमिरेलाई र सर्मेशले नुवाकोटका निशान गुरुङलाई पराजित गरे ।
पुरुष ९२ केजीमुनि एपीएफका गोकुल गुरुङ र आर्मीका मोहनराज जोशी, ५१ केजीमा नेपाल प्रहरीका चन्द्रबहादुर थापा र एपीएफका प्रदीप महर्जन, ५७ केजीमा एपीएफका पुरन राई तथा ६० केजीमा एपीएफका विक्रम परियार र आर्मीका इन्द्रबहादुर सुनुवार फाइनलमा पुगे ।
यसैगरी ६७ केजीमा एपीएफका विक्रम चौधरी, ७१ केजीमा बक्समान्डुका चन्द्रबहादुर तामाङ र आर्मीका दानबहादुर दर्लामी तथा ७५ केजीमा एचटुओका विनिश राई र आरडीएसका नोर्बु शेर्पा तथा ९२ केजीमुनि एपीएफका गोकुल गुरुङ र आर्मीका मोहनराज जोशीले फाइनलमा स्थान पक्का गरे ।
महिला ४८ केजीमा जेन्सकी तेजीमाया गुरुङ, ५२ केजीमा बक्समान्डुकी अन्जनी तेली र एपीएफकी सन्जुमाया थिङ, ५४ केजीमा प्रहरीकी निशा तामाङ र एपीएफकी निता गोसाईं तथा ५७ केजीमा एपीएफकी माला राई र जेन्सकी स्वस्तिका तिरुवाले फाइनल यात्रा तय गरे ।
यसैगरी महिला ६० केजीमा आर्मीकी वर्षा श्रेष्ठ र वज्रकी कविता सिंह, ६३ केजीमा बक्समान्डुकी हेमा राई र आर्मीकी निरु गुरुङ, ६६ केजीमा एपीएफकी मुगामाया पाख्रिन तथा ७० केजीमा एपीएफकी मनीता राईले फाइनलमा स्थान सुरक्षित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण