आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पवन र सर्मेश प्रकाश दाहाल स्मृति बक्सिङको फाइनलमा

मङ्गलबार, १९ असार २०८०, २१ : ४२
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । नेपाल आर्मीका पवन मोक्तान र एक्सबक्सका सर्मेश लामिछाने प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । पुरुष ९२ केजीमाथिको सेमिफाइनल भिडन्तमा पवनले बक्समान्डुका रविन्द्र घिमिरेलाई र सर्मेशले नुवाकोटका निशान गुरुङलाई पराजित गरे ।

पुरुष ९२ केजीमुनि एपीएफका गोकुल गुरुङ र आर्मीका मोहनराज जोशी, ५१ केजीमा नेपाल प्रहरीका चन्द्रबहादुर थापा र एपीएफका प्रदीप महर्जन, ५७ केजीमा एपीएफका पुरन राई तथा ६० केजीमा एपीएफका विक्रम परियार र आर्मीका इन्द्रबहादुर सुनुवार फाइनलमा पुगे । 

यसैगरी ६७ केजीमा एपीएफका विक्रम चौधरी, ७१ केजीमा बक्समान्डुका चन्द्रबहादुर तामाङ र आर्मीका दानबहादुर दर्लामी तथा ७५ केजीमा एचटुओका विनिश राई र आरडीएसका नोर्बु शेर्पा तथा ९२ केजीमुनि एपीएफका गोकुल गुरुङ र आर्मीका मोहनराज जोशीले फाइनलमा स्थान पक्का गरे ।

महिला ४८ केजीमा जेन्सकी तेजीमाया गुरुङ, ५२ केजीमा बक्समान्डुकी अन्जनी तेली र एपीएफकी सन्जुमाया थिङ, ५४ केजीमा प्रहरीकी निशा तामाङ र एपीएफकी निता गोसाईं तथा ५७ केजीमा एपीएफकी माला राई र जेन्सकी स्वस्तिका तिरुवाले फाइनल यात्रा तय गरे ।

यसैगरी महिला ६० केजीमा आर्मीकी वर्षा श्रेष्ठ र वज्रकी कविता सिंह, ६३ केजीमा बक्समान्डुकी हेमा राई र आर्मीकी निरु गुरुङ, ६६ केजीमा एपीएफकी मुगामाया पाख्रिन तथा ७० केजीमा एपीएफकी मनीता राईले फाइनलमा स्थान सुरक्षित गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप