कमल थापा र गणेश थापाको जोडी सेमिफाइनलमा
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री कमल थापा र गणेश थापाको जोडी मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता—२०८० को सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुरस्थित रिभाइभ रिक्रियसन सेन्टरमा मंगलबार भएको खेलमा थापा दाजुभाईको जोडीले पञ्चबहादुर गुरुङ र ठाकुर गैरेको जोडीलाई २१-८, २१-१४ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
अब थापा दाजुभाईले फाइनल प्रवेशका लागि पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र लिलबहादुर थापाको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । राई र थापाको जोडी भने राजकाजी महर्जन र प्रकाश रावलको जोडीलाई २१-४, १७-२१, २१-११ अंकले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
मदन भण्डारीको ७२औं जयन्तीको अवसरमा नेकपा एमाले निकट संस्था नेपाल खेलकुद महासंघको तत्वावधान तथा नेकोस राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा नवराज सिलवाल र भानुभक्त ढकालको जोडीले जीत शेरचन र प्रदिप पौडेलको जोडीलाई २१-८, २१-९ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो ।
उक्त जोडीले अब सेमिफाइनलमा दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । दिलमान र यज्ञको जोडीले कणर् थापा र एलबी साँवा लिम्बुको जोडीलाई २१-१९, १४-२१, २१-१४ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
त्यसअघि प्रतियोगिताको पूर्वप्रधामन्त्री एवं नेकपा एमोलेका अध्यक्ष के. पी. शर्मा वली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले पानसमा द्वीप प्रज्ज्वलन गरि उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापती एवं मन्त्री धनराज गुरुङको पनि उपस्थिती रहेको थियो ।
महासंघले राजनीतिककर्मीबीच भाईचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जानकारी राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण