सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक : विनियोजन विधेयकमाथि छलफल जारी रहने

बुधबार, २० असार २०८०, ०६ : ४३
बुधबार, २० असार २०८०

काठमाडौँ । राष्ट्रियसभा  बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो २ः३१ बजेका लागि बैठक बोलाइएको छ ।  

आजको बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । मन्त्रालयको विभिन्न शीर्षकमाथि संसद्हरूले आ-आफ्नो धारणा राखिरहेका छन् । 

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ । 

567865856

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप